प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मंसिरदेखि कमोडिटी एक्सचेन्ज सुरु हुने बताएका छन् । नेपाल उद्योग परिसंघले शुक्रबार आयोजना गरेको ‘बजेट वाच’ कार्यक्रममा हमालले बोर्डले मागेको आवेदनबाट उपयुक्त कम्पनी छ्नोट गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी गराए । ‘नेपालमा पहिलो पटक बुक बिल्डिङ सुरु गर्दै छौं,’ उनले भने, ‘मंसिरदेखि कमोडिटी एक्चेन्जको काम पनि सुरु हुँदै छ । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ ।’ सेबोनले गर्न सक्ने काम अगाडि बढाएको उनले बताए । बन्ड मार्केट चलायमान बनाउन धेरै निकायको सहयोग चाहिने हमालको भनाइ छ । Credit : clickmandu.com