SEE सकेर अनिवार्य सिक्ने कुरा धेरै जना अभिभावकले मलाई प्राय: सोध्नुहुन्छ - "SEE पनि सकिन लाग्यो । रिजल्टसम्म के गर्ने ? ११ कक्षामा के पढाउने ? सबैलाई दिने साझा सल्लाह सधैं उस्तै हुन्छ मेरो ! # रिजल्ट अघि: १) हाउस किपिङ/खाना पकाउने तालिम लिने । २) ड्राइभिङ जानेर बस्ने । ३) कम्तिमा यौटा बाजा बजाउन सिक्ने । ४) ध्यान गर्ने तालिम लिने # रिजल्टपछि ११ मा के पढ्ने? भौतिक रुपमा संसारलाई बुझ्न र मिहिनेत गर्ने बानी बसाल्न भए पनि विज्ञान पढ्न लगाउने । डाक्टर/ इन्जिनियर हुनमात्रै होइन विज्ञान पढ्ने । विज्ञानमा १२ पढेपछि जुनसुकै रुचिको बिषय पढ्न पाइहालिन्छ । एसईईमा अंक राम्रो आएन अथवा मिहिनेत गर्ने बानी छैन भने आफ्नो रुचिको बिषय लिने । रुचि के हो भन्ने थाह छैन भने आफूलाई सजिलो लाग्ने बिषय लिने । खासमा कुनै पनि बिषय सजिलो लाग्नाको कारण नै त्यो बिषयमा रुचि भएर नै हो । अध्ययन राम्रो छ, मिहिनेत गर्ने बानी पनि छ तर १२ सकेपछि खर्चिला बिषय पढाउन अभिभावकको क्षमता छैन भने अहिल्यैबाट सजिलो बिषय रोजेर लोकसेवाको तयारी थाल्ने । अभिभावक र विद्यार्थी दुबैले एक अर्कालाई दबाब र तनाब नपार्नेगरी करियरको योजना गर्ने । सफलता र सुख अलग कुरा हुन् । सुखको बाटो सजिलो छ भने कथित सफलताको लागि अप्ठेरो बाटो किन समात्ने !